आइसिसी टी-२० विश्वकप छनोटका लागि नेपाली टिम घोषणा, साेमपाल र विनाेद आउट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी टी-२० विश्वकपअन्तर्गत विश्व छनोटका लागि १६ सदस्यीय राष्ट्रिय टिमका घोषणा गरेको छ।
टिममा प्रधानमन्त्री कपमा उत्कृष्ट खेलेका खेलाडीले स्थान पाएका छन्। 
प्रधानमन्त्री कप टी-२० राष्ट्रिय प्रतियोगिता सकिएको भोलिपल्ट नेपाल क्रिकेट संघ (क्यान) ले १६ सदस्यीय टिम घोषणा गरेको हो।
नयाँ घाेषणा भएकाे टिममा यसअघि टिममा रहेका तीव्र गतिका बलर सोमपाल कामी र विकेटकिपर विनोद भण्डारी परेका छैनन्। 

काे काे छन् त टीममा ?

सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनास बोहरा, साहब अलाम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम। 

कमेन्ट गर्नुहोस्