परीक्षास्थलहरुको अनुगमन गर्नु :प्रधानमन्त्री देउवा

 

प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा सामाजिक दूरी कायम भएनभएको र परीक्षा कोठामा स्वास्थ्य सुरक्षा मापदण्ड लागु भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री देउवाले आज त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड–१९ का मापदण्ड पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशनसमेत दिएका उनको सचिवालयले जनाएको छ। मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड–१९का मापदण्ड पालना भएनभएको अनुगमन गर्न र स्वास्थ्य मापदण्ड पालना गराउन उनले निर्देशन दिएका हुन्।

कमेन्ट गर्नुहोस्