प्रचण्ड, देउवा र माधवबीच वालुवाटारमा वार्ता सुरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच छलफल शुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ५ बजेदेखि वार्ता शुरु भएको हो।

यसअघि आज उच्चस्तरीय समन्वय समितिको बैठक अपरान्ह ४ बजेका लागि बोलाइएपनि शीर्ष नेताहरुबीच नै कतिपय विषयमा छलफल गर्नुपर्ने भएपछि उक्त बैठक स्थगित भएको थियो।

आजको बैठकमा खासगरी स्थानीय तह तथा संसदीय निर्वाचनको मितिबारे नेतात्रयबीच छलफल हुने बताइन्छ।

संवैधानिक प्रावधान अनुसार वैशाख जेठभित्र स्थानीय तहको निर्वाचन शुरु गर्नुपर्ने भएपनि संसदबाट पारित गरेर पहिला संसदीय निर्वाचन गर्न अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका छन्।

आजको बैठकमा भएको छलफल अनुसार, समन्वय समिति र गठबन्धनको पूर्ण बैठक बसेर एकदुइ दिनमै यसबारेमा टुंगो लाग्ने छ।

कमेन्ट गर्नुहोस्