कोभिड–१९ संक्रमणदर तीव्र, एकै दिन १२ हजार बढी संक्रमण पुष्टि (हेर्नुस् तथ्यांक)

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

बिहीबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको यो तथ्यांक एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो।

मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ जनामा र ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ६४९ जना निको भएका छन् भने ४ जनाको निधन भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिले नेपालमा कूल ५७ हजार ३२८ जना सक्रिय संक्रमितहरु रहेका छन्।

कमेन्ट गर्नुहोस्