उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना

काठमाडौं । उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना भाइरस संक्रमण भएको छ।

अदालतका रजिष्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ। यस्तै सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट सङ्क्रमित भएका छन्।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना सङ्क्रमण भएको छ।

कमेन्ट गर्नुहोस्