पकिस्तानमा पनि खुल्यो आम आदमी पार्टी

कराँची । भारतमा आम आदमी पार्टीले दिल्ली राज्यमा सरकार बनाएर चर्चा बटुलिरहेको बेला पाकिस्तानमा समेत आम आदमी पार्टीको स्थापना भएको छ ।

भ्रष्टाचार, सुशासन र न्याय प्रणालीमा सुधारको नारा दिएर पाकिस्तानमा पहिलोपटक पूर्व सेना अधिकारीको नेतृत्वमा आम आदमी पार्टीको स्थापना भएको हो ।

पूर्व सैन्य अधिकारी तथा कुटनीतिज्ञका रुपमा चर्चित सेवानिवृत मेजर जनरल साद खट्टकले आइतबारका दिन पाकिस्तान आम आदमी मुभमेन्टको नाममा नयाँ दलको घोषणा गरेका हुन ।

पार्टी स्थापना गरेको जानकारी दिन आयोजित औपचारिक समारोहमा बोल्दै जनरल खट्टकले आम आदमी पार्टीले सर्वसाधारण पाकिस्तानी जनताको पक्षमा काम गर्ने बताए । परिवारवाद, सामन्तवाद र पूँजिवादका विरुद्ध लड्दै साधारण मानिसहरुले समेत राजनीति गर्न सक्छन् र गर्नुपर्छ भन्ने मान्यताका आधारमा पाटीृ गठन गरेको उनले बताए ।

परिवार, सामन्त, पूँजिपतिहरुक वर्चश्व राजनीतिमा भएको बेला अब राजनीतिमा आम मान्छेको रगत भित्रिनुपर्ने उनले बताए । पार्टीले आम मानिसहरुको लागि राजनीतिक मञ्च उपलब्ध गराउने बताउँदै उनले आधुनिक र जिम्मेवारी न्याय प्रणालीको वकालत समेत गरे । स्थानीय तहलाई अधिकतम अधिकार दिएर आम मानिसको अधिकारको रक्षा गर्न सोही अनुरुपको न्याय र राजनीतिक प्रणाली स्थापना हुनुपर्ने मान्यता आम आदमी मुभमेन्टको रहेको उनले बताए ।
खट्टक पाकिस्तानका तर्फबाट श्रीलंकका पूर्व उच्चायुक्त समेत हुन । ३५ वर्षको सैन्य जागिरको अवसरमा उनले कैयन तालिम, नेतृत्व र अपरेशनहरुको नेतृत्व गरेका छन् । उनले बलुचिस्तानमा आतंकवादविरुद्धको अपरेशनको समेत कुशलतापूर्वक नेतृत्व गरेका थिए ।

कमेन्ट गर्नुहोस्