पाकिस्तानको व्यस्त बजारमा आतंककारी हमला, ४ को मृत्यु, २० घाइते

इस्लामाबाद, पाकिस्तानको लाहौरमा भएको आतंककारी हमलामा ४ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

लाहौरको ऐतिहासिक र चर्चित अनारकली बजारमा विष्फोटमा घाइतेहरुको अवस्था चिन्ताजनक रहेको छ ।

अत्यन्तै भीड हुने बजारमा एउटा मोटरसाइकलमा राखिएको बम विष्फोट भएको थियो ।

लाहौर प्रहरी पैवक्ता राना आरिफले डन न्यूजलाई जनाए अनुसार बिहिबार दिउँसो उक्त घटना घटेको थियो । जहाँ पाया त्यही बाइक उभ्याउने चलन भएको यो बजारमा बजार छिर्ने मुख्य बाटोमैं उक्त मोटरसाइकल राखिएको थियो । यसमा बम प्लान्ट गरिएको थियो ।
लाहौर प्रान्तका मुख्यमन्त्री उस्मान बुजदारले घटनाको जाँचको आदेश दिएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, बलुचिस्तानका एक पृथकतावादी संगठनले सन्देश पठाएर हमलाको जिम्मेवारी लिएको छ । हमलाको निशाना एउटा बैंक भएको एजेन्सीले उल्लेख गरेको छ । पाकिस्तानको बुलचिस्तान प्रान्तमा पृथकतावदी संगठनले सरकारसँग स्थानीय संशाधनको क्षेत्रमा हिस्सेदारीलाई लिएर आन्दोलन गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्