फेरि शुरु भयो जोरबिजोर प्रणाली, शुक्रबारदेखि नै लागू हुने गरि प्रशासनको अर्को आदेश [पूर्णपाठ]

काठमाडौं । कोभिड–१९ को संक्रमण तीव्र गतिमा फैलिरहेको भन्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि लागू हुने गरी निजी तथा सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरेका छन्।

बिहीबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि जोरबिजोर प्रणाली लागू गरेको हो।

ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले बिहीबार अबेर एक आदेश जारी गर्दै शुक्रबार रातीदेखि नै लागू हुने निजी तथा सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागू भएको बताएका हुन्। जोरबिजोरलाई कडाईका साथ लागू गरिने र मानिसको आवागमन जतिसक्दो कम हुने गरी प्रशासनले आदेश जारी गरेको उपाध्यायले बताए। उनका अनुसार डिपार्टमेन्ट स्टोर, सपिङ मललगायतमा अधिकतम २० जनाभन्दा बढी प्रवेश नदिने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड बोक्नुपर्ने छ। सार्वजनिक स्थलमा हिँड्डुल गर्न पनि खोप कार्डलाई अनिवार्य गरिएको छ।

हेर्नुस् यस्तो छ आदेशको पूर्णपाठ

कमेन्ट गर्नुहोस्