निर्वाचन आयाेगद्वारा वैद्य नेतृत्वको ३३ दलीय मोर्चासहित तीन वटा राजनीतिक दलको दर्ता खारेज

निर्वाचन आयोगले वर्ष २०७३/२०७४ मा दर्ता भएका तीन वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ।

लेखा परीक्षण नबुझाएको भन्दै नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका दलको दर्ता खारेज गरिएको आयोगले जानकारी दिएको छ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म गरिवाना गर्ने गर्छ।

गत साउन २० मा यी दललाई लेखापरीक्षण प्रतिवेदन बुझाउन आयोगले आग्रह गरेको थियो।

लेखापरीक्षण र आयोगको सूचना बमोजिम जरिवाना पनि नबुझाएकोले तीन दल खारेज गरिएको आयोगले जनाएको छ।

कमेन्ट गर्नुहोस्