सोमबारसम्म मौसम सफा नहुने, आज केही स्थानमा वर्षा र हिमपातकाे सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै रहेकोले सोमबारसम्म मौसम सफा नहुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नम्बर १ का थोरै स्थानमा हल्का वर्षा/हिमपात भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा आज पनि सिमसिम पानी पर्ने सम्भावना रहेकाे छ।

आज दिउँसो कतै कतै केहीबेर घाम देखिए पनि फेरि बादल लाग्ने महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार, यो प्रणाली सोमबारसम्म रहने देखिन्छ, फेरि अर्को प्रणाली नआए त्यसपछि मौसम सफा हुनेछ । अहिले काठमाडौंसहित प्रदेश-१ र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको छ। उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ। आज दिउँसो पनि मौसम खुला हुन्न। राति पनि देशका एक/दुई ठाउँमा हल्का पानी पर्ने छ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुने सम्भावना छ।

पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि पनि मौसम यस्तै रहने मौसमविद् कँडेलले जानकारी दिइन्।

कमेन्ट गर्नुहोस्