टी-२० विश्वकप क्रिकेटको तालिका जारी, भारतको पहिलो खेल पाकिस्तानसँग

काठमाडौं । टी-२० विश्व कप क्रिकेटको तालिका सार्वजनिक भएको छ ।

भारतले पहिलो खेलको शुरुआतमैं पाकिस्तानको सामना गर्नुपर्ने छ । गत वर्ष युएई र ओमानमा खेलिएको टी २० विश्वकमा पनि भारतले पहिलो खेल पाकिस्तानसँगै खेलेको थियो । यो खेलमा पाकिस्तानले भारतलाई परास्त गरेको थियो ।

अस्ट्रेलियामा ज्ञट अक्टुबरदेखि हुने विश्वकप २०२२को फाइनल भने १३ नोभेम्बरमा मेलबर्नमा सम्पन्न हुनेछ । टुर्नामेन्टमा कूल ४५ खेल बिभिन्न ८ शहरमा हुनेछन् ।

यसअघिबो विश्वकप २०२१ भने न्यूजिल्याण्डलाई हराउँदै अस्ट्रेलियाले जितेको थियो ।

कमेन्ट गर्नुहोस्