नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले भयावह रुप लिएको छ ।
रोकथामका उपाय अपनाउँदा समेत कोरोना रोकिन सकेको छैन् । बिहिबार मात्रै २ लाख ४७ हजार भन्दा बढी नयाँ संक्रमित देखिएका छन् । तेस्रो लहर आएपछि यो सबैभन्दा बढी हो । यसअघि भारतमा २ लाख ८० हजारको हाराहारीमा संक्रमित थपिएका थिए । तर बिहिबार भने एकाएक करिब साढे तीन लाखमा कोरोना देखिएको हो । यो अवधिमा २ लाख २० हजारलाई निको भएको छ ।
तेस्रो लहर शुरु भएपछि सबैभन्दा बढी बिहीबार ७०१ जनाको मृत्यु भएको छ ।
पछिल्लो चार दिनदेखि मृतकको संख्या पनि बढ्दै गएको छ । १७ जनवरीमा ३१० जनाको ज्यान गएको थियो । त्यसयता निरन्तर बढ्दो छ । दोस्रो लहरमा सबैभन्दा बढी गत मे ११ तारिखमा ७२४ जनाको ज्यान गएको थियो ।