काठमाडौं । प्रधानमन्त्री देउवाले पदभार ग्रहणगरेपछि पहिलोपटक देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।
कोरोना महामारी आकासिन थालेको र राष्ट्रिय राजनीतिमा समेत एमालेले संसद अवरोध कायमै राखेको बेला उनले सम्बोधन गर्ने भएका हुन ।
प्रधानमन्त्री सचिवालयका अनुसार बिभिन्न समसामयिक विषयमा देउवाले आज दिउँसो ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने छने ।
प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने सचिवालयले जानकारी दिएको छ । देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।