शिक्षामन्त्री र डा. गोविन्द केसीबीच भेटवार्ता

चिकित्सा क्षेत्र सुधारका लागि पटक पटक आन्दोलनरत डा. गोविन्द केसीले शिक्षा मन्त्री देवेन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन् । आज मन्त्रालयमा भएको भेटवार्तामा डा. केसीले चिकित्सा शिक्षा क्षेत्रमा यसअघि भएगरेका सहमतिका बारेमा मन्त्रीको ध्यानाकर्षण गराएका हुन ।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज मन्त्री पौडेल र केसीबीच चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्याहरूबारे छलफल भएको हो।

चिकित्सा क्षेत्रका विद्यमान समस्याहरूबारे डा केसीसँग गम्भीर छलफल भएको मन्त्री पौडेलले बताएका छन्।

‘चिकित्सा क्षेत्रका विद्यमान समस्याहरुबारे डा. केसीसँग आज गम्भीर छलफल भएको छ। उहाँका महत्वपूर्ण सुझावहरुप्रति हार्दिक आभार प्रकट गर्दछु,’ मन्त्री पौडेलले भनेका छन्।

पछिल्लो समय मेडिकल कलेजहरूले विद्यार्थीहरूसँग अतिरिक्त शुल्क मागेको विषयमा विभिन्न कलेजहरूमा आन्दोलन भइरहेका छन्।

कमेन्ट गर्नुहोस्