प्रधानमन्त्रीको सम्बोधनः तीनै तहका निर्वाचनका लागि तयार रहन सम्बन्धित निकायलाई निर्देशन

 

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले यो वर्ष तीन तहका निर्वाचन गर्नुपर्ने भएकाले सम्बन्धित सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री भएपछि पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले एक वर्षभित्र तीन तहका चुनाव गर्ने कार्यभार रहेको बताउँदै सो लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन ।

“तीन तहको निर्वाचन गर्नेपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।”

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले संसदमा विचाराधिन रहेका विषय सबै राजनीतिक दलसँग संवाद र सहमति कायम गरी हल गरिने समेत बताए ।

संसदमा अमेरिकी सहायता परियोजनाको एमसिसीको प्रस्ताव समेत विचाराधिन रहेको छ । देउवाले एमसिसीको नाम नलिएपनि विचाराधिन प्रस्तावहरु संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच सहमति कायम गरेर अगाडि बढाउने बताएका हुन ।

सम्बोधनका क्रममा देउवाले कोरोना महामारकिा कारण सामाजिक र आर्थिक क्रियाकलापहरु र सरकारले लिएको लक्ष्य पुरा गर्न समस्या भएको भन्दै सुरक्षा मापदण्ड अपनाएर स्वस्थ्य जीवन बाँच्न सबैमा आग्रह समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्