काठमाडँैं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक विपत्तीका कारण समयमा नै सम्पन्न हुन नसकेको मेलम्चीको पानी यसैवर्ष काठमाडौं ल्याउने बताएका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको मर्मत गरी यस वर्षभित्रै पानी ल्याइने बताएका हुन ।
सम्बोधनका क्रममा देउवाले रासायनिक मल ‘जी टू जी’ मार्फत खरिदका लागि प्रक्रिया अघि बढाएको, धान र उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरिएको भन्दै किसानलाई यसबाट राहत पुग्ने विश्वास सरकारले लिएको जानकारी दिए ।
उनले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था चाँडै हुने पनि बताए ।
देउवाले यो वर्ष तीन तहका निर्वाचन गर्नुपर्ने भएकाले सम्बन्धित सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री भएपछि पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले एक वर्षभित्र तीन तहका चुनाव गर्ने कार्यभार रहेको बताउँदै सो लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन ।
“तीन तहको निर्वाचन गर्नेपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।”
सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले संसदमा विचाराधिन रहेका विषय सबै राजनीतिक दलसँग संवाद र सहमति कायम
संसदमा अमेरिकी सहायता परियोजनाको एमसिसीको प्रस्ताव समेत विचाराधिन रहेको छ । देउवाले एमसिसीको नाम नलिएपनि विचाराधिन प्रस्तावहरु संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच सहमति कायम गरेर अगाडि बढाउने बताएका हुन ।
सम्बोधनका क्रममा देउवाले कोरोना महामारकिा कारण सामाजिक र आर्थिक क्रियाकलापहरु र सरकारले लिएको लक्ष्य पुरा गर्न समस्या भएको भन्दै सुरक्षा मापदण्ड अपनाएर स्वस्थ्य जीवन बाँच्न सबैमा आग्रह समेत गरेका छन् ।