६५ प्रतिशतलाई खोपको पूर्ण मात्रा दिइसकेका छौं– देउवा

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको प्रतिबद्धता अनुरुप काम भइरहेको दावीगरेका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले सरकार गठन भएपछि आफूले गरेको प्रतिबद्धता अनुरुप खोप अभियान चलेको बताए । उनले आफ्नो सरकारले ६५ प्रतिशतलाई नागरिकलाई कोभिडविरुद्धको खोपका पूर्ण मात्रा र ७८ प्रतिशतलाई पहिलो मात्राको खोप दिएको बताए ।

सरकारले ६ महिनाको अवधिमा गरेका कार्यप्रगतिबारे जानकारी दिँदै प्रधानमन्त्री देउवाले १ करोड ९९ लाख २२ हजार १६४ खोप लगाउन योग्य नेपाली जनतामध्ये ६५ प्रतिशतलाई पूर्ण खोप लगाइएको जानकारी दिए । प्रधानमन्त्री देउवाले पुस मसान्तसम्म १ करोड ५६ लाख ६ हजार २१ लाई एउटा मात्रा र १ करोड १८ लाख ६९ हजार ९ सय ७४ लाई खोपको पूर्ण मात्रा दिइएको बताए ।

उनले यो अवधिमा सरकारले ४ करोड ३ लाख ८८ हजार ८४० डोज खोप प्राप्त गरी २ करोड ७४ लाख ७५ हजार ९९५ खोप वितरण गरिएको बताए ।

उनले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था चाँडै हुने पनि बताए ।

यसैगरी उनले सरकारले सरकारी अस्पतालको सेवा र पुर्वाधारमा उल्लेख्य सुधार गरेको, भेन्टिलेटर र अक्सिजन प्लान्ट लगायत सामग्रीहरुमा समेत सुधार गरेको बताए ।

त्यस्तै, अक्सिजनको पर्याप्त आपुर्ति तथा भण्डारण र जनशक्तिको व्यवस्थापनमा समेत सुधार गरिएको उनले बताए ।

देउवाले बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको मर्मत गरी यस वर्षभित्रै पानी ल्याइने बताएका हुन ।

सम्बोधनका क्रममा देउवाले रासायनिक मल ‘जी टू जी’ मार्फत खरिदका लागि प्रक्रिया अघि बढाएको, धान र उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरिएको भन्दै किसानलाई यसबाट राहत पुग्ने विश्वास सरकारले लिएको जानकारी दिए ।

देउवाले यो वर्ष तीन तहका निर्वाचन गर्नुपर्ने भएकाले सम्बन्धित सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री भएपछि पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले एक वर्षभित्र तीन तहका चुनाव गर्ने कार्यभार रहेको बताउँदै सो लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन ।

“तीन तहको निर्वाचन गर्नेपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।”

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले संसदमा विचाराधिन रहेका विषय सबै राजनीतिक दलसँग संवाद र सहमति कायम

संसदमा अमेरिकी सहायता परियोजनाको एमसिसीको प्रस्ताव समेत विचाराधिन रहेको छ । देउवाले एमसिसीको नाम नलिएपनि विचाराधिन प्रस्तावहरु संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच सहमति कायम गरेर अगाडि बढाउने बताएका हुन ।

सम्बोधनका क्रममा देउवाले कोरोना महामारकिा कारण सामाजिक र आर्थिक क्रियाकलापहरु र सरकारले लिएको लक्ष्य पुरा गर्न समस्या भएको भन्दै सुरक्षा मापदण्ड अपनाएर स्वस्थ्य जीवन बाँच्न सबैमा आग्रह समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्