बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार बेलुकी ५ बजेपछि बैठक बसेको हो। बैठकमा स्थानीय निर्वाचन, संसद्‍ अवरुद्धलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

बैठकमा समितिका संयोजक एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहित प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेता सहभागी छन्।

बैठकमा स्थानीय तथा संघ र प्रदेशको निर्वाचन, सरकार सञ्चालनलगायतका विषयमा छलफल हुने बताइएको छ।

कमेन्ट गर्नुहोस्