काठमाडौं। सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको छ। शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ती जारी गरी भिजिट भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको हो।
बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै मन्त्रालयले भिजिट भिसामा भ्रमणमा जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ।
पोखरेलका अनुसार यहीँ माघ १० गतेदेखि लागू हुने गरी भिजिट भिसामा विदेश जान रोक लगाइएको हो।
हेर्नुस् गृह मन्त्रालयको विज्ञप्ती