काठमाडौं । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरूले शुक्रबार मध्यरातदेखि यातायातका साधनमा जोरबिजोर लागू हुने निर्णय गरेका छन्।
सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्नेगरी प्रशासनले निर्णय गरेको छ।
तर, केही सवारी साधनहरुमा भने जोर बिजोर प्रणाली लागू हुने छैन। औषधि एवम् स्वास्थ्य सामग्री बोकेका सवारीसाधनसहित, एम्बुलेन्स दमकल, शवबाहनमा जोरबिजोर लागू नहुने प्रशासनले शुक्रबार जारी गरेको थप आदेशमा उल्लेख छ।
त्यस्तै ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, दूध, फलफूल तरकारी बोकेका सवारी साधनमा पनि जोर बिजोर लागू हुने छैन भने चिकित्सक, सुरक्षाकर्मी, बैंकका कर्मचारीको हकमा पनि जोरबिजोर लाग्ने छैन।
त्यस्तै पत्रकारको हकमा सूचना विभागबाट जारी भएको प्रेस पास देखाएर सवारी साधन सञ्चालन गर्न पाइनेछ। जोर बिजोर लागू नहुने यी सबै सवारी साधनहरुले आफ्नो पहिचान खुल्ने परिचय पत्र भने बोक्नुपर्नेछ।
हेर्नुस् जिल्ला प्रशासन कार्यालयहरुले शुक्रबार जारी गरेको आदेश