प्रधानमन्त्री देउवाले किन बोलाए सर्वदलीय बैठक ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजे सर्वदलीय बैठक बोलाएका हुन्।

शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सर्वदलीय बैठक बोलाउनुअघि काँग्रेस सभापति समेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरुसँग छलफल गरेका थिए।

स्थानीय तह निर्वाचनबारे कानुनविदसँग छलफलअघि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका छन्। आज बसेको सत्ताा गठबन्धनको सरकार सञ्चालन समन्वय समितिको बैठकले स्थानीय तह निर्वाचनबारे कानुनविदहरुसँग छलफल गर्ने निर्णय गरेको थियो।

कमेन्ट गर्नुहोस्