मुम्बई । मुम्बईको ताडदेव क्षेत्रको कमला सोसाइटीको भवनमा एकाबिहानै आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ । घटनामा १५ जना गम्भीर घाइते भएका छन् । मृतकहरुमा दुईजना बृद्ध समेत रहेका छन् ।
भास्करदैनिकका अनुसार, ५ घण्टाको मेहनतपछि आगो बुझाउन सफल भएको छ । बृहन्मुम्बई महानगरपालिकाका अधिकृतका अनुसार, नायर अस्पतालमा ५ जना र कस्तुरबा र भाटिया अस्पतालमा बाँकी दुईको मृत्यु भएको हो ।
सबैभन्दा धेरै आगलगाी १९ औं तलामा भएको बताइन्छ । धुवाँका कारण उद्दारमा कठिनाई भएको थियो ।
शुरुमा १५ औं फ्लोरमा आगो लागेको थियो । त्यसपछि आगो माथि फैलिँदै गएको थियो ।
आज बिहान साढे सातबजे आगलागी भएको थियो ।