आइपिएल मेघा अक्सन: १२१४ खेलाडीको लिलामी हुने, ८९६ भारतीय र ३१८ विदेशी खेलाडी

आइपिएल २०२२ को मेघा अक्सनमा १२१४ जना खेलाडीको लिलामी हुने भएको छ । यी खेलाडीहरुमा ८९६ जना भारतीय र ३१८ जना विदेशी खेलाडी रहनेछन् । दुई दिनसम्म चल्ने यो मेघा अक्सनमा १० टीमले भाग लिनेछन् । अक्सनमा २७० क्याप्ड प्लेयर, ९०३ अनक्याप्ड प्लेयर र ४१ एशोसिएट देशका खेलाडी पनि भाग लिनेछन् ।
मेघा अक्सनका लागि जारी गरिएको २ करोडको बेस प्राइसको लिष्टमा ४९ खेलाडी छन् । यसमा १७ भारतीय छन भने ३२ जना विदेशी खेलाडी रहेका छन् । भारतका तर्फबाट रविचन्द्रन अश्विनका अतिरिक्त श्रेयस अय्यर, शिखर धवन, इशान किशन, सुरेश रैनाको नाम यो लिष्टमा छ ।
त्यसैगरी विदेशी खेलाडीमा वार्नर, रबाडा, ब्रावो, पेट कमिन्स, एडम जम्पा, स्टीभ स्मिथ, शाकिब अल हसन, मार्क व’ड, ट्रेन्ट बोल्ट र फाफ डु प्लेसी जस्ता नाम छन् । फ्रेन्चाइजद्वारा छनौट गरिएका नाममा १२ र १३ फेब्रअरीमा बैंगलोरमा हुने मेभा अक्सनमा बोली लगाइनेछ ।
आइपिएल २०२२ का लागि ३३ खेलाडीलाई रिटेन (कायम) राखिएको छ । ८ टिमले २७ खेलाडीलाई रिटेन गरेका छन् । २ नयाँ आइपिएल टीमले ६ खेलाडीलाई आफ्नो टीमसँग जोडेका छन् । केएल राहुललाई लखनउले १७ करोडमा आफ्नो टीमसँग जोडेको छ । योसँगै उनी आइपिएल इतिहासको सबैभन्दा महंगो खेलाडी बनेका छन् ।
योसँगै दिग्गज खेलाडी क्रिस गेल, मिचेल स्टार्क, सैम करन, बेन स्टोक्स, जोफ्रा आर्चर, जो रुट, क्रिक भोक्सले पनि अक्सनबाट नाम फिर्ता लिएका छन् ।

कमेन्ट गर्नुहोस्