माओवादी केन्द्रले एमसिसीका बारेमा अध्ययन कार्यदल बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसीको विषमा थप अध्ययन गरेर मात्र सुझाव दिन कार्यदल बनाउने भएको छ ।

आज बसेको माओवादी केन्द्रको बैठकले कार्यदल बनाएर अध्ययन गर्ने निर्णय गरेपनि कार्यदलमा को–को रहने भन्ने टुंगो नलगाएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महराले कार्यदलको सुझाव लिएर आवश्यक परिमार्जन गरेर अघि बढ्ने बताए । सुझाव नआएसम्म एमसीसीबारे पार्टीले थप निर्णय नगर्ने उहाँको तर्क छ ।

आजको बैठकले केन्द्रीय सदस्य पदपूर्ति तथा जनपरिचालनका सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले २ सय ९९ केन्द्रीय सदस्यको व्यवस्था गरेपनि हालसम्म २४६ जना मात्रै चयन भएका छन् ।

कमेन्ट गर्नुहोस्