आईपीएलका लागि नेपालबाट दर्ता भए १५ यी खेलाडी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)का लागि नेपालबाट १५ जना खेलाडी दर्ता भएका छन्। आईपीएलले जारी गरेको नयाँ सूचीअनुसार नेपालबाट १५ खेलाडी दर्ता भएका हुन्।

उसो त नेपाल क्रिकेट संघ (क्यान)ले संघले १५ जना खेलाडी दर्ता गरेको जनाएको छ। आईपीएलको २०२२ अक्सनका लागि दर्ता भएका नेपाली खेलाडीहरुमा आशिफ शेख, पवन सर्राफ, सुन्दिप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, शुसन भारी, आरिफ शेख, अभिनास बोहोरा, बिनोद भण्डारी, शरद भेषवाकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने रहेका छन्।

आईपीएल २०२२ का लागि कूल १२१४ खेलाडी दर्ता भएका छन्। जसमा क्याप्ड खेलाडी २७०, ९०३ अनक्याप्ड र ४१ एसोसिएट खेलाडी रहेको आईपीएलले जनाएको छ।

आईपीएलमा १० फ्रेन्चाइजी रहेका छन् जसले बढीमा २५ खेलाडी राखेको खण्डमा २१७ खेलाडी अक्सनबाट लिइँदा ७० जना सम्मविदेशी खेलाडीले स्थान बनाउन सक्नेछन्। कुल ३१८ विदेशी खेलाडीले नाम दर्ता गराएका छन्।

कमेन्ट गर्नुहोस्