टेकु अस्पतालले किन गर्यो खोप अभियान स्थगित ?

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले कोभिड विरुद्धको खोप अभियान स्थगित भएको छ।

आइतबार अस्पतालले विज्ञप्ति जारी गर्दै भोलि सोमबारदेखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको जानकारी दिएको हो।

दिनदिनै तीव्र गतिमा बढिरहेको कोभिड संक्रमणका बीच अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको बताइएको छ।

कोभिड–१९ विरुद्धको खोप अभियान स्थगित गर्दा सर्वसाधारणलाई पर्ने असुविधाप्रति अस्पतालले क्षमायाचना समेत गरेको छ।

हेर्नुस् विज्ञप्ति-

कमेन्ट गर्नुहोस्