ओछ्यानमा आगो सल्किँदा शिशुको मृत्यु, आमा घाइते

रुकुम (पश्चिम) । चौरजहारी नगरपालिका–६ शान्तिबजारमा ओछ्यानमा आगो सल्किएर १९ दिनको शिशुको निधन भएको छ।

आइतबार बिहान चुल्हो नजिकै रहेको ओछ्यानमा आगो सल्किएर १९ दिनको शिशु सुनिल रोकाको निधन भएको हो।

बच्चालाई जोगाउन खोज्दा २४ वर्षीया आमा निर्मला रोकाका दुवै हात जलेका छन्। चुल्हो नजिक ओछ्यान रहेको र आगो सल्किएपछि शिशुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक कृष्ण डाँगीले बताए।

शिशुको शव पोष्टमार्टमका लागि जाजरकोट जिल्ला अस्पतालमा पठाइएको र हात जलेर घाइते भएकी शिशुकी आमा स्थानीय मिसन अस्पतालमा उपचार गरेर घर फर्किएको डाँगीले बताए।

शिशुलाई सुताएर आमा बाहिर गएको बेला ओछ्यानमा आगो सल्किएको प्रहरीको भनाई छ।

कमेन्ट गर्नुहोस्