रुसले जुनसुकै बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकी नागरिकलाई तत्काल युक्रेन छोड्न निर्देशन

अमेरिकाद्वारा युक्रेनमा रहेको अमेरिकी दूतावासका कर्मचारीका परिवारलाई तत्काल युक्रेन छोड्न निर्देशन दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले एक निर्देशन जारी गर्दै युक्रेनको दुतावासमा कार्यरत कर्मचारीका सबै परिवारलाई तनाव चुलिने भएकोले तत्काल अमेरिका फर्किन निर्देशन दिएको हो ।

रुसले निकै ठूलो सैन्य आक्रमण गर्न गइरहेको सूचना प्राप्त भएको भन्दै अमेरिकाले आफ्ना नागरिकलाई सुरक्षित हुने चेतावानी दिएको छ । अमेरिकी नागरिकहरु प्रताडित हुन सक्ने अवस्था भएकोले घर फर्किन अनुरोध गरिएको अमेरिकाले जनाएको छ ।

सिएनएनले जनाए अनुसार, दूतावास भने खुला नै रहनेछ । तर कुनै पनि बेला रुसले आक्रमण गर्नसक्ने सूचना भने बारम्बार दिइएको छ । यदि रुसले आक्रमण गरेको खण्डमा दूतावासका कर्मचारी र तिनका परिवारको उद्धार गर्न नसकिने भएकोले समयमा नै घर फर्किन सूचना दिइएको हो ।

अमेरिका र उसका सहयोगीहरुले रुसले १० हजार बढी सैनिकहरु युक्रेनको सीमामा परिचालन गरेको र कुनै पनि बेला युक्रेनमा आक्रमण गर्न सक्ने भन्दै चेतावनी दिँदै आएका छन् । यद्यपी रुसले भने युक्रेनका माध्यमबाट आफूलाई घेराबन्दी गर्न खोजेको भन्दै बिरोध गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्