के माओवादी नेता पुन चार्टर्ड विमानबाट फर्किन लागेका हुन् ? यस्तो छ वास्तविकता (उडान तालिकासहित)

काठमाडौं । लामो समयदेखि चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन आज नेपाल फर्किंदैछन्।

नेता पुन विमान चार्टर गरेर नेपाल फर्किन थालेको भनेर सामाजिक सञ्जालमा कतिपयले आलोचना समेत गरेका छन्। कोरोना संक्रमण चुलिएको बेला नियमित जहाज उडान नभएको हुँदा विमान चार्टर गरेको होला भनेर समेत कतिपयले लख काटेको देखिन्छ।

तर नेता पुन भने विमान चार्टर गरेर फर्किन लागेको समाचार झूठो रहेको पाइएको छ।

वास्तविकता के हो भने नेता पुन काठमाडौंबाट सामान लिन चीनको कुन्मिङ गएको हिमालयन एयरलाइन्सको एच नाइन ७८४२ जहाजबाट नेपाल फर्किन थालेका हुन। जहाज चीनबाट आजै फर्केर साँझ साढे ७ बजे नेपाल आइपुग्ने तालिका रहेको छ।

उक्त जहाज आज बिहान ९ बजे काठमाडौंबाट कुन्मिङका लागि उडेको थियो ।

चीनबाट सामान लिन गएको कार्गो जहाजमा मन्त्री आउने कुरा त्रिभुवन विमानस्थलले समेत पुष्टि गरेको छ। विमान चार्टर गरेर आउने कुरा पुरै भ्रामक भएको विमानस्थलले जनायो।

विमानस्थलको आजको तालिका हेर्दा चीनबाट नेपाल आउने कुनै पनि जहाज चार्टर गरिएको छैन। आज प्याक्स चार्टर काठमान्डुबाट दमाम जाने मात्र रहेकाे छ।

हेर्नुस तालिका-

कमेन्ट गर्नुहोस्