संविधानसँग बाझिएका कानुन संशोधन गरेर निर्वाचनको मिति तोकिने– उपसभापति खडका

काठमाडौं । नेपाली का्रग्रेसका उपसभापति पूर्ण बहादुर खडकाले निर्वाचनसम्बन्धी कानुनमा केही संशोधन गरेर चुनावको मिति तोकिने बताएका छन् ।

संविधानसँग निर्वाचन कानुन बाझिएकोले यसलाई संशोधन गरेर मात्रै निर्वाचनमा जान सकिने उनको भनाई थियो ।

“निर्वाचन आयोगले विद्यमान कानुनअनुसार १२० दिनको समय मागेर निर्वाचनको मिति सिफारिस गरेको हो । तर सरकारले छलफल गर्दै जाँदा संविधान र कानुन बाझिएको प्रस्ट रुपमा देखियो ।” उनले भनेका छन, “कानुनविदहरुबाट संविधानसँग बाझिएको कानुनलाई संशोधन गरेर चुनावबारे सरकारलाई निर्णयमा पुग्न सुझाव आएको छ । त्यही अनुसार अब सरकारले आफ्नो काम अगाडि बढाउला । हामी संविधान अनुसार तीन तहको निर्वाचन गर्ने पक्षमा छौं । यसमा आशंका मान्नुपर्ने कुनै कारण छैन ,’

संविधानको धारा २२५ मा गाउँ र नगरसभाको कार्यकाल ५ वर्ष हुने र कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिएकोमा संविधानको धारा २२५ र ऐनको दफा ३ बाझिएकाले कानुन संशोधन गर्नुपर्ने अवस्था आएको उनको जिकिर छ ।

कमेन्ट गर्नुहोस्