आज देशभर १०,३१९ मा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ८२ नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो। जसमध्ये १६ हजार ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २६५ जनामा संक्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा मात्रै एकै दिन ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण देखिएको हो।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ४ जनाले ज्यान गुमाएका छन्। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५९ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० जना रहेका छन्। जसमध्ये ८० हजार ७७९जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७७१ जना संस्थागत आइसोलेसनमा रहेका छन्। संक्रमितमध्ये २३८ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा उपचाररत् छन्।

यस्तै १० वर्ष मुनिका १२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३८४ जना कोरोना संक्रमित थपिएका छन्।

 

कमेन्ट गर्नुहोस्