सीता दाहाल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सल्लाहकार परिषद सदस्य तथा अध्यक्ष प्रचण्डकी जीवनसंगीनी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

केही दिन अघि कोरोना संक्रमित भएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । विगत केही वर्षदेखि पार्किन्सन जस्तो देखिने रोगबाट समेत पीडित दाहालको आइसियुमा राखेर उपचार गरिएकाे र हाल स्वास्थ्यमा सुधार आएकोले डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो अवस्था सुधारोन्मुख रहेकोले घर जाने सल्लाह दिइएको छ ।” विज्ञप्तीमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्