देउवाको गृह जिल्लामा वडाअध्यक्ष र प्रधानाद्यापक मिलेर ५० लाख बढीकाे रुख काटेकाे आराेप

डडेल्धुरा । डडेल्धुराको भित्री मधेस क्षेत्र भनेर चिनिने परशुराम नगरपालिकामा जिल्ला वन कार्यालयकै कर्मचारी संलग्न रहेर अवैध कटानी भएको छ ।

परशुराम नगरपालिका– ५ मा वन कार्यालयको अनुमतिबिना भुवनेश्वरी नमूना मावि परिगाउँको परिसरमा रहेका सिसम र अन्य रुखहरु कटान गरिएका हुन ।

स्थानीयले भने अवैध कटानीमा भुवनेश्वरी नमूना माविका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, वडाअध्यक्ष र वन कार्यालयको मिलेमतो रहेको आरोप लगाएका छन्। परशुरामधाम सब डिभीजन कार्यालय जोगबुडाका प्रमुख सन्तोष भट्टले मौखिक रुपमा रूख कटान गर्न अनुमति दिएको उनीहरुले बताए । कुनै पनि किसिमले कटान गर्न जिल बन कार्यालयले कारणसहितको टिप्पणी उठाएर मात्रै अनुमति दिनुपर्ने हुन्छ ।

हालसम्म उनीहरुले एक दर्जनभन्ज्दा बढी सिसमका रूख काटेको स्थानीयले बताएका छन् । “काठ तस्करीमा संलग्न केही व्यक्तिको घरमा काठ राख्न लगाएर वन कार्यालयले काटिएका काठहरु व्यक्तिको भएको देखाउन खोजेको छ” एक स्थानीयले भने, “तर यो सबै मिलेमतोमा गरिएको हो, वनकै प्रमुख यसमा संलग्न छन् ।”

याे पनि पढ्नुस  एभरेष्ट फलोअप : अवैध काठ काटेको आरोपमा प्रधानाध्यापक र अध्यक्षलाई सदरमुकाम लगियो

जिल्ला वन अधिकृत राम विचारी ठाकुरले विद्यालयको लालपुर्जा भएकाे जग्गामा ५ रुख विद्यालय व्यवस्थापन समितिले अनुमति नलिएर काटेको बताएका छन । अहिलेसम्म ५ रुख काटिएकाे माैखिक सूचना आएकाे तर लिखित प्रतिवेदन हेरेर मात्रै यकीनका साथ कति रुख काटिएका रहेछन् भन्ने थाहा हुने उनले बताए ।  लालपुर्जा भएकाे जग्गामा पनि रुख काट्दा अनुमति लिनुपर्ने उनले बताए । उक्त घटनाकाे जानकारी पाएपछि जाेगबुढामा रहेकाे सशस्त्र वनरक्षकको टोली र वन कर्मचारीले छानबीन गरेकाे उनले बताए । मुचुल्का भइसकेकाे र आज नै सम्लग्नहरुलाइ पक्राउ गरी जिल्ला ल्याइने उनले बताए ।

तर स्थानीयले भने काटिएका रुखहरुकाे काठ लुकाइएकाे आराेप समेत लगाएका छन् ।  अहिले कटान गरिएको केही काठको मुडा डोजर प्रयोग गरेर स्कुलको प्राङ्गडमा पुर्ने कार्य भइरहेको छ भने दुई्चार गोलीया काठ बरामद गरेको देखाउन खोजिएको छ। “उनीहरुले काठ लुकाएका छन् ।” ती स्थानीयले भने, “तर ५० लाख भन्दा माथिको काठ लुकाएर बरामद भएको देखाउने षडयन्त्र भइरहेको छ ।”

याे पनि पढ्नुस  एभरेष्ट फलोअप : अवैध काठ काटेको आरोपमा प्रधानाध्यापक र अध्यक्षलाई सदरमुकाम लगियो

सन्तोष भट्टले भने रुख कटानीमा संलग्नता नभएको बताए । “लालपुर्जाभित्रको रुख प्रक्रिया नपु¥याएर काटेका रहेछन् । ६ वटा सिसौं, २ वटा हल्दुको रुख काटिएको छ । सोधपुछका लागि व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाद्यापकलाई जिल्ला लैजाने तयारी गरेका छौं ।” उनले भने ।

मौखिक आदेश दिएको भन्ने स्थानीयको आरोपमा भट्टले गत पौषको महिना नै रुख काटने प्रक्रिया्का बारेमा विद्यालय व्यवस्थापन समितिले सोध्दा प्रक्रिया बताएको दावी दिए । “मैले वहाँहरुलाई लालपुर्जामा भएको रुख काट्ने प्रक्रियाका बारेमा बताएको हो ।” उनले भने, “उनीहरुले झन्झट माने कि के गरे, अनुमति नलिइकन नै रुख काटेछन् । यसलाइ नै मेराे सम्लग्ता भनेर प्रचार गरिएकाे हाे ।”

कटान भएअनुरुप सबै काठ बरामद गरिएको विषयमा भने अझै अनुसन्धान भइरहेको उनले बताए । कुन गोलिया के कति भन्ने कुरा अनुसन्धानकै क्रममा छ । हामीले स्कूल वरिपरि हेर्दा लुकाएको देखेनौं ।

याे पनि पढ्नुस  एभरेष्ट फलोअप : अवैध काठ काटेको आरोपमा प्रधानाध्यापक र अध्यक्षलाई सदरमुकाम लगियो

स्थानीयले भने केही काठ खाल्डो खनेर लुकाएको र केही काठ एकदुईजनाको घरमा लुकाएर त्यो व्यक्तिगत काठ हो भन्ने मुचुल्का बनाउन खोजिको बताए । “सिसमको ठूटोको गोलाइ हेरेर नै उक्त रुखमा के कति काठ हुन्छ भन्ने भन्न सकिन्छ ।” एक स्थानीयले भने, “सो आधारमा काठ बरामद भएको हुनुपर्यो, होइन भने काठ लुकाएको प्रमाणित हुन्छ । त्यो नखोज्ने हो भने भट्ट सरले नै जोगाउन खोजेको पुष्टि हुँदैन र ?

डडेल्धुराको भित्री मधेस क्षेत्रमा अवैध काठ कटान गरी तस्करी हुने कुरा नौलो होइन । बिभिन्न समयमा राजनीतिक दलका प्रभावशाली नेताहरुले वनका कर्मचारीसँग मिलेर काठको तस्करी गर्ने गरेको आरोप लाग्दै आएको छ ।

तस्वीर : युनिटीखबर

 

कमेन्ट गर्नुहोस्