नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले सबै सरकारी कार्यालयमा नेताहरुको फोटो हटाएर भगतसिंह र भीमरावको अम्बेडकरको तस्वीर लगाउन निर्देशन दिएका छन् ।
आज सामाजिक सञ्जाल ट्विटरमा निर्देशन जारीगर्दै केजरीवालले कुनै राजनेताको होइन, संविधान निर्माता भीमरवा अम्बेडकर र क्रान्तिकारी भगतसिंहको तस्वीर लगाउनुपर्ने बताएका हुन ।
“अब कुनै पनि मुख्यमन्त्री र मन्त्रीको तस्वीर कार्यालयमा हुने छैन ।” उनले भनेका छन् ।
भारतमा महात्मा गान्धी, जवाहरलाल नेहरु र मुख्यमन्त्रीहरुको तस्वीर कार्यालयमा लगाउने चलन रहेको छ ।