एभरेष्ट फलोअप : अवैध काठ काटेको आरोपमा प्रधानाध्यापक र अध्यक्षलाई सदरमुकाम लगियो

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ५ मा रहेको भुवनेश्वरी नमुना मावि परिगाउँका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई सोधपुछका लागि डडेल्धुरा पठाइएको छ।

डडेल्धुराको परशुराम नगरपालिका–५ मा रहेको नमुना विद्यालयमा अवैध रूपमा सिसौका रूख कटान गरिएको आरोपमा सोधपुछका लागि डिभिजन वन कार्यालय डडेल्धुरा पठाइएको परशुराम धाम सव डिभिजन कार्यालय जोगबुडाका प्रमुख सन्तोष भट्टले जानकारी दिनुभयो।

याे पनि पढ्नुस  ब्लड क्यान्सर पीडित देवबहादुरद्वारा सहयोगको अपिल

डिभिजन वन कार्यालयको अनुमतिबिना भुवनेश्वरी नमूना मावि परीगाउँको परिसरभित्र रहेका सिसौ लगायतका रुखहरू अवैध रूपमा कटान गरिएको स्थानीयको आरोप छ।

याे पनि पढ्नुस- देउवाको गृह जिल्लामा वडाअध्यक्ष र प्रधानाध्यापक मिलेर ५० लाख बढीकाे रुख काटेकाे आराेप

कमेन्ट गर्नुहोस्