अमेरिकाले हाई अलर्टमा राख्यो ८,५०० सैनिक, जुनसुकै बेला युक्रेनतर्फ जानसक्ने

काठमाडौं । अमेरिकाले आफ्ना आठ हजार पाँच सय सैनिकलाई हाई अलर्टमा बस्न भनेको छ।

युक्रेनमाथि रुसले जुनसुकै बेला आक्रमण गर्नसक्ने र त्यसको प्रतिरोधमा नाटोले गर्ने प्रत्याक्रमणका लागि ती सैनिकहरुलाई अलर्टमा राखिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ।

अल जजिरामा प्रकाशित समाचार अनुसार यूरोपियन युनियन, बेलायत र अमेरिकाले युद्धको त्रास देखाउँदै आफ्ना स्टाफहरुलार्इ युक्रेनबाट फिर्ता बोलाएपछि अवस्था झनै तनावपूर्ण बनेको हो।

याे पनि पढ्नुस  ९१ यात्रु बोकेको रसियन विमान बेपत्ता

यसैबीच नाटोले पूर्वी यूरोपका देशमा रहेका आफ्ना सैन्य ठेगानाहरुमा सैनिक, युद्धपोत र अन्य सामग्रीहरु तैनाथ गरेको छ। उता रुसले समेत युुक्रेनको सीमामा दस हजार बढी सैनिक तयारी अवस्थामा राखेको छ।

यद्यपि रुसले भने युक्रेनमाथि आक्रमण गर्न गइरहेको समाचारहरुको खण्डन गर्दै आएको छ। युक्रेनलाई नाटोको सदस्य बनाएर आफूविरुद्ध घेराबन्दी गर्न खोजेको रुसको आरोप छ।

कमेन्ट गर्नुहोस्