सिके राउतका कार्यकर्ताद्वारा मतदान स्थलमा प्रदर्शन, प्रहरीसँग झडप, अश्रुग्यास प्रहार

जनकपुरधाम । राष्ट्रिय सभा निर्वाचनको मतदान स्थल धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ।

मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको हो।

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको बताइएको छ।

याे पनि पढ्नुस  सुदूरपश्चिममा पनि एमाले शून्य, गठबन्धनका तीनवटै उम्मेदवार विजयी


अहिले प्रदर्शनकारी मतदान स्थलबाट तितरबितर भए पनि जनकपुरधामका बिभिन्न ठाउँमा प्रदर्शन जारी राखेका प्रहरीले जनाएको छ। मतदान स्थलमा भने अवस्था शान्तिपूर्ण नै रहेको र मतदान प्रक्रिया जारी रहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्