बलिउड गायिका लता मंगेशकरको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । बलिउड गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार आएको छ । १७ दिन अघि अस्पताल भर्ना भएकी मंगेशकरको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

मंगेशकरको परिवारले दियो वक्तव्यः
परिवारले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘लता जीको स्वास्थ्यमा सुधार देखिएको छ तर उहाँ अझै आईसीयूमा हुनुहुन्छ । उनको डा.प्रतुत समदानीको टोलीको निगरानीमा उपचार भइरहेको छ ।स्वास्थ्य अवस्था नियमित अपडेट गराउन नसएिको भन्दै परिवारले गम्भीरता बुझ्ने प्रयास गरिदिनुहुन अनुरोध गरेको छ । विज्ञप्तीमा भनिएको छ अफवाह फैलाउनेहरुबाट बच्नुहोस् र लता जीको स्वास्थ्यको लागि प्रार्थना गर्नुहोस् । हामी तपाईको सहयोगको लागि आभारी छौं ।’

उनलाई ८ जनवरीमा उनलाई कोरोना पोजिटिभ भएपछि मुम्बईको क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमणपछि उनलाई निमोनिया समेत भएको चिकित्सकलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

९२ वर्षीया मंगेशकरको उमेर र स्वास्थ्यको ख्याल गर्दै आईसीयूमा चिकित्सकको कडा निगरानीका बिच उपचार भैराखेको छ ।

कमेन्ट गर्नुहोस्