काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ९०० रुपैयाँ बिक्रि वितरण भैराखेको छ । तर, चाँदीको भाउ भने स्थिर रहेको छ ।
यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको थियो । भने , तेजावी सुनको भाउ तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १३०० रुपैयाँ कायम भएको थियो ।