मतदान गर्न जाँदै गर्दा प्रदेश सभा सदस्यसहित अध्यक्ष र उपाध्यक्ष चढेको गाडी दुर्घटना

रुपन्देही ।राष्ट्रियसभा सदस्यको मतदानका लागि बुटवलबाट दाङ घोराही जाँदै गरेको लुम्बिनी प्रदेशसभा सदस्य तुल्सी चौधरी र सुनिता ठठेरसहित रुपन्देहीको सुद्धोधन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढेको गाडी दुर्घटनामा परेको छ।
पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कपिलवस्तुको धानखोला र दाङको भालुबाङको बीचमा पर्ने कालाकाटेमा स्कारपियो र ट्रक ठक्कर खाँदा प्रदेशसभा सदस्य चौधरी र गाउँपालिका उपाध्यक्ष शान्तिदेवी ज्ञवाली घाइते भएका छन् ।

प्रदेशसभा सदस्य ठठेर र गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरी भने सामान्य रहेको एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिए। झतुल्सी जि र शान्ती जिलाई चोट लागेको छ, अरु दुईजना भने सकुशल हुनुहुन्छ।झ ढकालले भने। सांसदद्वय र अध्यक्ष उपाध्यक्ष सवार बा २ झ ३४४४ नम्बरको स्कार्पियोलाई सुदुरपश्चिम–०१–००–११ १ ख २५८४ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

घाइते चौधरी र ज्ञवाली पनि प्राथमिक उपचारपछि मतदानको लागि दाङ गएको र मतदानपछि थप उपचारको लागि अस्पताल लैजाने तयारी रहेको ढकालले जानकारी दिए।

कमेन्ट गर्नुहोस्