धनगढी । राष्ट्रिय सभाको रिक्त सदस्यका लागि भएको निर्वाचन अन्तर्गत शत प्रतिशत मतदान भएको छ ।
आज बिहान प्रदेश सभा परिसरमा बिहान ९ बजेदेखि मतदान शुरु भएको थियो ।
सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले दिएको जानकारी अनुसार, मतदानमा प्रदेशशसभा तर्फ कुल ५२ मध्ये पूरै र स्थानीय तहतर्फ पनि सबै १ सय ७५ मत खसेको छ ।
निर्वाचन आयोगले मतदानको मुचुल्का उठाएर मतपेटिका सुरक्षित गरेको जानकारी उनले दिए । आजै प्रदेश सभा परिसरभित्र नै मतगणना समेत शुरु हुनेछ ।
तीन जना राष्ट्रियसभा सदस्यका लागि सत्तारूढ गठबन्धन र नेकपा एमाले चुनावी प्रतिस्पर्धामा रहेका छन् । गठबन्धनका तर्फबाट खुल्लामा काँग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र एकीकृत समाजवादीकी मदनकुमारी शाह गरिमा उम्मेदवार छन् भने एमालेबाट खुल्लामा डिल्लीराज भट्ट, दलितमा नरेश बिक र महिलामा सन्तोशकुमारी शर्मा थापा उम्मेदवार छन् ।
सुदूरपश्चिममा गठबन्धन दलका उम्मेदवारहरुको विजय हुने देखिन्छ ।