लुम्बिनीमा मतगणना शुरु, आजै नतिजा आउने

बुटवल । राष्ट्रिय सभाको रिक्त पदका लागि लुम्बिनी प्रदेशमा भएको निर्वाचनको मतगणना शुरु भएको छ ।

मतगणना देशैभरी आज बिहान ९ बजेदेखि ३ बजेसम्म भएको थियो ।

दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा भएको मतदानमा प्रदेशका १२ जिल्लाका ८१ जना प्रदेशसभा सदस्य र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ जना गरी २९६ मतदाता रहेको थिए । मतदान सकिएसँगै मतगणना सुरु भएको हो ।

याे पनि पढ्नुस  राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

लुम्बिनी प्रदेशमा निर्वाचनमा गठबन्धनका तर्फबाट बाँकेबाट काँग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र रुपन्देहीबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) चुनावी मैदानमा उत्रेका छन् ।

एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार चुनावी मैदानमा उत्रेका छन् ।

याे पनि पढ्नुस  दलित आन्दोलनका पाका नेता बने राष्ट्रिय सभामा जनमोर्चाका पहिलो सांसद

लुम्बिनीमा समेत गठबन्धन उम्मेदवारले निर्वाचन जित्ने सम्भावना बलियो रहेको छ ।

कमेन्ट गर्नुहोस्