प्रदेश १ महिलातर्फ सत्तारूढ गठबन्धनकी जयन्ती राई विजयी

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश १ महिला तर्फ सत्तारूढ गठबन्धनकी जयन्ती राई विजयी भएकी छन्। नेकपा (एकीकृत समाजवादी)की उम्मेदवार राईले एमालेकी सुमित्रा भण्डारीलाई ३ सय ३० मतभार अन्तरले पराजित गरेकी हुन्।

निर्वाचन आयाेगले भने आधिकारिक नतिजा घाेषणा गरेकाे छैन ।

याे पनि पढ्नुस  लुम्बिनी अपडेटः प्रदेश सदस्यतर्फको मतगणना सकियो, गठबन्धनका उम्मेदवार ४ सय बढी मतभारले अगाडि

विजेता एकीकृत समाजवादीकी जयन्ती राईले प्रदेश सभाका ५२ जनाको मत पाइन् भने स्थानीय तहका १२२ जनाको मत पाइन्।

गठबन्धनमा कुल ५० सांसद भए पनि उनलाई ५२ जनाले मत दिएको देखिएको छ। उनले प्राप्त गरेको कुल मतभार ४ हजार ६ सय ९२ हो।

याे पनि पढ्नुस  राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत पाए ? कसको सकिदैछ पदावधि ?

एमालेकी भण्डारीले प्रदेश सभाका ३८ र स्थानीय तहका १४१ गरी ४ हजार ३ सय ६२ मतभार प्राप्त गरेकी छन्।

कमेन्ट गर्नुहोस्