सुदूरपश्चिम: गठबन्धनका उम्मेदवार जगत पार्की विजयी

धनगढीः राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट डडेल्धुराका जगत पार्की विजयी भएकी छन्। पार्कीले १०५ मत ल्याएर निर्वाचित भएकी हुन्। उनी सत्ता गठबन्धनबाट दलिततर्फको उम्मेदवार हुन्।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश बिकले ७९ मत मात्रै प्राप्त गरेका छन्। यस्तै निर्वाचनमा ३ मत बदर भएका छन्।

कमेन्ट गर्नुहोस्