सुदूरपश्चिममा पनि एमाले शून्य, गठबन्धनका तीनवटै उम्मेदवार विजयी

धनगढी । राष्ट्रिय सभा निर्वाचनका लागि भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा एमाले शून्य भएको छ । प्रदेशमा तीनवटै रिक्त पदमा गठबन्धनका उम्मेदवारले विजय हासिल गरेका हुन ।

दलिततर्फ गठबन्धनका उम्मेदवार डडेल्धुराका जगत पार्की विजयी भएकी छन्। पार्कीले १०५ मत ल्याएर निर्वाचित भएकी हुन्। उनी सत्ता गठबन्धनबाट दलिततर्फको उम्मेदवार हुन्। निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश बिकले ७९ मत मात्रै प्राप्त गरेका छन्। यस्तै निर्वाचनमा ३ मत बदर भएका छन्।

याे पनि पढ्नुस  राष्ट्रिय सभा निर्वाचनमा यसरी हार्दैछ एमाले

यसैगरि महिलातर्फ कैलालीकी गरिमा शाह विजयी भएकी छन्।

उनी सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार हुन्। शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन्।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छन्। शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन्।

याे पनि पढ्नुस  राष्ट्रियसभा निर्वाचनको नतिजा आउन कति लाग्छ समय ?

खुलातर्फ नेपाली कांग्रेसबाट उम्मेदवार बनेका नारायणदत्त मिश्र विजयी बनेका छन् । उनले प्रदेश सभा सदस्यबाट ५२ मत खसेकोमा ३९ मत प्राप्त गरे। यस्तै स्थानीय तहतर्फ १७५ मत खसेकोमा उनले १०४ मत पाए। उनको मतभार प्रदेशतर्फ १८७२ र स्थानीय तहतर्फ १८७२ छ।

कमेन्ट गर्नुहोस्