नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्काविरूद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियारले पूर्व फुटबल प्रशिक्षक हरि खडकाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

उनी नेपाली महिला फुटबल टिमका पूर्व प्रशिक्षक थिए ।

अख्तियारका अनुसार, उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र लिएर प्रहरी सहायक निरीक्षकमा नियुक्त भएर जागिर खाएको आरोप छ ।

बुधबार अख्तियारले विशेष अदालतमा खड्काविरूद्धको अभियोगपत्र पेस गरेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताएका छन ।

अनुसन्धानमा खड्काले भारतको माध्यमिक शिक्षा परिषद वाराणशी उत्तरप्रदेशबाट जारी भएको आईएको नक्कली प्रमाण पत्र पेस गरी भर्ना भएको देखिएको छ।

खड्का २०५५ साल कात्तिक १ गते असईमा भर्ना भएका थिए। उनी महानगरीय प्रहरी गण नम्बर २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद गतिविधिमा कार्यरत् थिए।

खड्का २०५९ साल पुस १४ गते प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका थिए। खड्का हाल भने सेवा निवृत्त भइसकेका छन्।

कमेन्ट गर्नुहोस्