दलित आन्दोलनका पाका नेता बने राष्ट्रिय सभामा जनमोर्चाका पहिलो सांसद

रुपन्देही । नेपालमा दलित मुक्ति आन्दोलनको वैचारिक उठान गर्ने राजेश विक राष्ट्रिय सभा उम्मेदवार बनेका छन् ।

नेकपा मसालभित्र इमान्दार र अध्ययनशील छवि भएका नेताका रुपमा विक परिचित छन् ।

उनको वास्तविक नाम भने तुलप्रसाद विक हो ।

सांस्कृतिक आन्दोलनमा समेत होमिँदै आएर गीत रचना गरेका राजेशको खास परिचय भने दलित आन्दोलनलाई वैचारिक आयाम दिनु रहेको छ । जातीय छूवाछूत मात्रै दलितको मुद्दा भनेर परिभाषित भएको बेला २०४५ सालअघि देखि नै विकहरुले जातीय समता समाजको गठन गर्दै नेपालको सवालमा जात र वर्गबीच अन्यौनाश्रित सम्बन्ध भएको बहस सुरु गरेका थिए ।

याे पनि पढ्नुस  राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

समग्र वर्गीय मुक्तिलाई जातीय मुक्तिसँग एकाकार गरेर लैजानुपर्ने भन्दै उनले कैयन लेख रचना समेत लेखेका छन् ।

सत्तारूढ गठबन्धनले १९ पद भागबन्डा गरेर उम्मेदवार उठाउँदा लुम्बिनीबाट उनी जनमोर्चाको उम्मेदवार बनेका थिए।

लुम्बिनीमा जनमोर्चाका एक प्रदेश सभा सांसद र पालिकाबाट चार जना मतदाता छन् ।

याे पनि पढ्नुस  राष्ट्रिय सभा निर्वाचनः कहाँ को निर्वाचित? (सूचीसहित)

जनमोर्चाबाट प्रतिनिधि सभामा दुर्गा पौडेल मात्रै एकजना सांसद छिन् ।

विकले पञ्चायतकालदेखि नै मोहनबिक्रमसिंहसँग सहकार्य गर्दै आएका छन् । चौथो महाधिवेश विभाजनपछि उनले निरन्तर सिंहलाई साथ दिँदै आएका हुन ।

कमेन्ट गर्नुहोस्