स्याङ्जामा समाजवादीको सांगठनिक कार्यक्रम तिब्र

काठमाण्डौं । माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी)पार्टी निकट शिक्षक संगठन स्याङ्जाको प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा ताराप्रसाद लुइँटेल चयन भएका छन। जसको उपाध्यक्षमा भिमलाल पुरी र कुबिजादेबि अधिकारी गैरे,सचीवमा रेशम लाल ढकाल,उपसचिव टकबहादुर नेपाली रहने गरि २७ सदस्यीय जिल्ला कमिटी
चयन भएका हुन । यस्तै नेपाल बुद्धिजीवी परिषद (समाजबादी)स्याङ्जाको अध्यक्ष कृष्णप्रसाद न्यौपाने र उपाध्यक्षमा ध्रुवराज पनेरुको नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटी चयन भएका छन ।
यता पेशागत महासंघ नेपाल (समाजबादी)स्याङ्जाको अध्यक्षमा प्रेम केसि र उपाध्यक्षमा शंकर्धोज कार्की ,सचीव नारायण प्रसाद अर्याल चयन भएका छन् ।
पछिल्लो समय समाजवादीले स्याङ्जामा राजनीतिक एवम् सांगठनिक गतिविधि बढाउदै लगेको छ ।

कमेन्ट गर्नुहोस्