काठमाडौं । सात वटै प्रदेशमा निराशाजनक मत परिणाम ल्याइरहेको नेकपा एमालेले प्रदेश १ मा भने खाता खोलेको छ ।
प्रदेश १ बाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै नेकपा एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका हुन् ।
अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे भने गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरेका थिए ।
तस्वीरः अनलाइनखबरबाट साभार