अब कोरोना परिक्षण स्मार्टफोनबाट गर्न सकिने,९७ प्रतिशत सही नतिजा पाइने दाबि

अमेरिकामा अनुसन्धानकर्ताहरुले कोभिड परीक्षणका लागि नयाँ विधिको विकास गरेका छन्। अनुसन्धानकर्ताहरुले स्मार्टफोनमा आधारित डाइग्नोस्टिक उपकरणको विकास गरेका हुन् ।

यस उपकरणका माध्यमबाट र्यापिड टेस्टमा २० मिनेट लाग्ने बताइएको छ । यस उपकरणको सहयोगबाट पीसीआर परीक्षण जस्तै एकुरेसीका साथ परीक्षण गर्न सकिन्छ। यसबाट सानो डिटेक्टरको सहयोगमा कोरोना संक्रमण पत्ता लगाउन सकिन्छ। यो डिटेक्टरको मूल्य अत्यन्त कम रहेको छ। यसलाई सन्चालन गर्न र परिणाम पत्ता लगाउन स्मार्टफोनको प्रयोग भइरहेको छ।

हार्मोनी नाम गरिएको यस परीक्षण किटलाई वाशिंगटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले विकास गरेका हुन्। उनीहरूका अनुसार यो परीक्षण संक्रमणमा जेनेटिक मेटेरियलको पनि पहिचान गरेको छ। यस कारण पनि ओमिक्रोन भेरियन्ट पनि सजिलैसँग पत्ता लगाउन सकिन्छ। पीसीआर परीक्षणको रिपोर्ट आउनलाई केहि घण्टा लाग्ने गर्दछ जबकि हार्मोनी किट २० मिनेटभन्दा पनि कम समयमा र सोहि एक्युरेसीका साथ रिर्पोट दिनेछ ।

परीक्षणमा स्मार्टफोनको डिटेक्टरबाट कनेक्ट गरेर प्रयोग गरिन्छ,डिटेक्टरमा परीक्षण नमुनालाई राखेर सञ्चालन गरिन्छ। सञ्चालन गर्नकालागि २० मिनेटपछि स्मार्टफोनमा संक्रमण पोजिटिभ वा नेगेटिभ भएको पुष्टि गर्न सकिन्छ । यसको प्रयोग मार्फत ९७ प्रतिशत सही नतिजा पाइने सोधकर्ताहरुले दाबि गरेका छन ।

कमेन्ट गर्नुहोस्